तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बहुआयमिक ब्यक्तित्व थापा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १७ गते, सोमबार १६:३३

काठमाडौं । बैंकिङ्ग बिज्ञ मात्रै नभएर साहित्य, कला,संगित क्षेत्रमा समेत पोख्त राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

डा गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ कार्यकारी निर्देशकको एक पद खाली भएको थियो। सो पद पूर्ति प्रक्रियाअनुसार नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन सहित) का विनियम ५२ र विनियम ६५(२) का प्रावधान अनुसार सम्भाव्य निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट थापाको बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।

२०५३ चैत २७ देखि राष्ट्र बैंकमा कार्यरत थापा सहायक पदबाट बैंक प्रवेश गरेका थापा सँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् । हालै मात्र बिद्यावारिधिको उपाधि हासिल गरेका थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्य, संगित र सामाजिक संजालहरुमा उतिकै सक्रिय छन् । उनी विभिन्न सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् । आजको उनको पदोन्नतिले अव केन्द्रीय बैंकको डेपुटी गभर्नरमा प्रतिस्पर्धा गर्ने ढोका खुलेको र सम्भाब्य प्रतिस्पर्धिको रुपमा समेत रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु