दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १९ गते, बुधबार ६:४२

काठमाडौं, कात्तिक १८ गते । देवाशिष रेउलेले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।
होटल मिस्टिक माउन्टेनको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा देवाशिषले ओजेज महर्जनलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा साश्वत बुद्धचार्य, आयुशमान घले, निश्चल कायश्थ, असभसम्राट हाडा, दर्शिल श्रेष्ठ, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहालजंगबहादुर राणाले सफलता पाए ।
महिला सिंगल्समा शिभाली गुरुङ, प्रकृति श्रेष्ठ र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै जितका साथ यात्रा प्रारम्भ गरे ।
यु–१६ ब्वाइज सिंगल्समा सन्दिप विक, अभिषेक गुरुङ, दर्शिल श्रेष्ठ, युभेनमान श्रेष्ठ, साङ्गे रोकाया, सुरेन्द्र विक र सूर्यान्श श्रेष्ठले जित हात पारे । यु–१४ ब्वाइज सिंगल्समा आर्यश पौडेल, सुरेन्द्र विक, सुजन कुइकेल र समय विष्ट विजयी भए ।
यु–१२ ब्वाइज सिंगल्समा अभिषेक बयल्कोटीले जित हात पारे । सोही स्पर्धाको गल्र्समा आर्या पौडेल, सुहानी जजोडिया, इरा खत्री, नाइरा घले र तभिशा राणा विजयी भए ।
यु–१० ब्वाइज सिंगल्समा सोनम घले, तोनिश श्रेष्ठ, सविक पोखरेल र बसिटा क्षेत्री अगाडि बढे । उक्त स्पर्धाको गल्र्समा निम्ति कुँवर, अमिरा गुप्ता, रजिशा जोशी र जेरुशा राजवंशीले सफलता हात पारे ।
यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठ, निर्भाना मुन्दरा, विविध भट्टचन, सुविज्ञा बुढाथोकी, सर्वज्ञ खत्री, मिहिर श्रेष्ठ, सत्विक मल्होत्रा र वंशिल अग्रवालले पहिलो चरण पार गरे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, अनुपमा श्रेष्ठ र भानी राजभण्डारी विजयी भए ।
यु–९ ब्वाइज सिंगल्समा कायान चालिसे, सोनाम घले, आयन पन्त र सर्वज्ञजंग खत्रीले जित हात पारे । त्यसै स्पर्धाको गल्र्समा बेनाफ्सा महर्जन र स्वर्णिमा श्रेष्ठ सफल भए ।
प्रतियोगिताको मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजु र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे । १६ स्पर्धा समावेश पाँचदिने प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी छन् । दोश्रो संस्करणको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु