दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभक्त युवा अभियान नेपालले निकासका लागि सुझायो उपायहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १९ गते, बुधबार ६:५४

काठमाडौं, १८ कात्तिक । देशभक्त युवा अभियान नेपालले जेन–जी विद्रोहपछिको अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै निकासका लागि उपायहरु सुझाएको हो ।
देशभक्त युवा अभियान नेपालले अबको निकासका लागि सर्वपक्षीय राष्ट्रिय सभा, चुनाव प्रणालीमा सुधार, शासकीय स्वरुपमा सुधार, प्रगतिशील एजेण्डा जेन–जीसहितको मोर्चा, युवा पुस्ताको राजनीतिमा सहभागितालगायतको उपाय सुझाएको छ ।
त्यस्तै, विचारहरुको सौहार्द प्रतिस्पर्धा, मौलिक अर्थतन्त्रको निर्माण, अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति र राष्ट्रिय सुरक्षाको विषयबारे पनि देशभक्त युवा अभियान नेपालले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा देशभक्त युवा अभियान नेपालका संयोजक प्रकाश शाही, दिनेश विक्रम चन्द, सुमनसिंह पौडेल, लक्ष्मण पौडेल, अटल पाण्डे, प्रकाश डुम्रेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु