तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने सङ्गोष्ठी काठमाडौंमा सम्पन्न: हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा जोड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २३ गते, आईतवार ७:१६

काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार संस्थाहरुले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन्।

दुई. दिनसम्म चलेको सङ्गोष्ठीमा बोल्ने वक्ताहरुले यस क्षेत्रको विकासमा विभाजन नभइ साझेदारीमा जोड दिएका छन्। सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरु साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको बन्दै यस क्षेत्रका देशहरुबाट सञ्चार माध्यमले साझा कथा बोल्नुपर्ने बताए। सञ्चारका प्रस्तुतीहरु समस्या समाधानका आवाज बन्नुपर्ने उनले बताए।

साथै कुमाउ विश्वविद्यालयकी प्रध्यापक दीपिका पन्तले पहाडी महिलासहरु यस क्षेत्रका समावेसी आवाज भएको भन्दै पहाडी क्षेत्रका महिलाहरुको संघर्ष र उनीहरुको जीवन शैली नै यस क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन्। उनले आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदै गर्दा पूरानो इतिहास पनि मेटिने सम्भवाना रहेको बताइन्। संगोष्ठीमा भुटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरुले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगिकार गर्ने बताए।

त्यस्तै युनिभर्सिटी अफ पञ्जाबकी प्रध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरु आवश्यक रहेको बताइन्। देशहरु सीमा रेखाले विभाजित भए पनि प्राक्रितिक प्रकोपहरुलाई सीमा रेखाले नछेक्ने बताउँदै उनले सञ्चारका सिग्नलहरु पनि रोकिन नहुने बताइन्। हिमालय आसापासमा सञ्चारको साझेदारी आवश्यक रहेको बताइन्।

पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशहरुबीचको साझेदारी यस क्षेत्रको सामुहिक विकास शान्ति र स्थायित्वयमा योगदान पुर्‍याउने बताए।

पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पव्लिक गभर्नेन्स भन्ने मुख्य नाराका साथ दुई दिन सम्म चलेको सङ्गोष्ठीमा विभिन्न ९ देशका १५० बढी विज्ञहरुको सहभागिता रहेको थियो। सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्रहरु प्रस्तुत भएका छन्।

यसैबीच सङ्गोष्ठीकै क्रममा त्रिवि र युइएसटीसीका जनप्रशासन विभागले संयुक्त रुपमा रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजिन्ट पव्लिक गभर्नेन्स इन पान हिमालय रिजनको स्थापना गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु