तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

घर फर्क’ अभियानअन्तर्गत नेकपा (एमाले) मा फर्किए रामकुमारी झाँक्री,- किसान श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २५ गते, मंगलवार ८:४०

काठमाडौ । घर फर्क’ अभियानअन्तर्गत नेकपा (एमाले) मा फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरूप्रति अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै आफूले कुनै पद वा वरीयताको आश्वासन नदिएको स्पष्ट पारेका छन्।

ओलीका अनुसार, ती नेताहरू आफ्नो व्यक्तिगत हितका लागि नभई एमालेलाई फेरि एक निर्णायक शक्ति बनाउन स्वेच्छाले फर्किएका हुन्। उनले भने, “मैले कसैलाई पद, जिम्मेवारी वा सुविधा दिने वाचा गरेको छैन। उहाँहरूले भनेजस्तै, कुर्सी नभए चकटीमा, नभए भुइँमै बसेर पनि पार्टीको गन्तव्यमा सघाउने भावना लिएर आएका हुन्।”

ओलीले फर्किएका नेताहरूको त्याग र प्रतिबद्धताको सम्मान गरिने उल्लेख गर्दै पार्टीले उनीहरूको योगदानलाई उच्च मूल्यांकन गर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु