
काठमाडौं। सामाजिक अगुवा खगेश रञ्जितकारको रेक्स इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिस टिन नेवाः वल्र्ड तथा मिस ट्यालेन्टको ताज नेवाः तथा गैर नेवाःहरुको मन जित्न सफल जगत सुन्दर ब्वनेकुथि माध्यमिक बिद्यालयकी छात्रा युरिना महर्जनले हात पारेकी छन। मिस्टर नेवाः वल्र्डको मिस्टर ट्यालेन्ट तर्फ जगत सुन्दर ब्वनेकुथी कै छात्र सक्षम श्रेष्ठले जितेको हो।
विशेष अतिथिहरुमा ईन्द्रजात्रा ब्यबस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्य, सल्लाहकार साधना रञ्जित, मेनुका बज्राचार्य, प्रमुख अतिथि भर्खरै निर्वतमान भएकी जिउदो देवी कुमारी तृष्णा शाक्यको बुबा बिजय शाक्य र आमा श्रीजना शाक्य थिए ।
यस मिस न मिस्टर ट्यालेन्ट्को प्रतियोगितामा निर्णायक मन्डलमा प्रमुख निर्णायक संस्थाकै प्रमुख सल्लाहकार दिपक रञ्जित, जुबिल्यान्ट कलेजका प्रिन्सिपल ऋषि न्यौपाने, वरिष्ठ संगीतकर्मी महेश ज्ञवाली, फेसन डिजाईनर सबि स्थापित, मिस नेवाः वल्र्ड लरिशा शाही, मिस नेवाः आईकन रोजिका बज्राचार्य, नेवाः आईडल आश्रय रन्जित, फस्ट रनर अप मिस नेवाः आईकन रत्निता शाक्य र फस्ट रनर अप मिस भिवा निशिता जोशी रहेका थिए।
२४ जना प्रतियोगीहरुको सहभागीता रहेको ट्यालेन्ट शोजको अब आउने मङ्सिर १३ गते शनिबार नेपाल पुलिस क्लवको भव्य सभाहलमा अन्तिम प्रतिस्पर्धा यानी फिनालो हुने आयोजक खगेश रञ्जितकारले बताएका छन् । जगत सुन्दर ब्वनेकुथीका प्रिन्सिपल सुनिता मानन्धरको सल्लाह अनुसार अबदेखि नेवाः गतिविधि र भाषाको प्रतियोगितामा नेपाल भाषालाई नै बढी प्राथमिकता दिने आयोजक रञ्जितले भनेका छन्।


