दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल कम्युनिष्ट पार्टी ले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ३ गते, बुधबार ६:३७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा आयोजित कार्यक्रममार्फत आयोगका सचिव महादेव पन्थले नेता चन्दलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन। यससँगै उक्त दलले आगामी निर्वाचनका लागि गुलाब चिन्ह पाएको छ।

गत कात्तिक ११ गते ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका प्रतिनिधिहरूले आयोगमा दल दर्ताको निवेदन बुझाएका थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूले एकता गरेपछि नेकपा (माओवादी) नाममा मान्यता प्रदान गरिएको हो।

विसं २०७७ फागुन २० गते सरकारसँग भएको लिखित सहमतिपछि विप्लव समूह अर्ध–भूमिगत अवस्था त्यागेर औपचारिक राजनीतिमा प्रवेश गरेको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नयाँ दल दर्ताका लागि निवेदन दिने क्रम लगातार चलिरहेको छ। आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता तथा निवेदन दर्ता गर्न मङ्सिर १० गतेसम्म समय खुला गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु