
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले आज बालाचतुर्दशी पर्व मनाएका छन् । बाला चतुर्दशीलाई शतबीज छर्ने दिनको रुपमा चिनिन्छ ।
मंसिर कृष्णपक्ष त्रयोदशीको दिन शिवालयहरुमा परिवारका मृतक सदस्यको सदगतिको संकल्पसहित दीपदान र शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ । यसरी दीपदान गर्नाले पितृले सदगति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।


