दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली रक्तदाता संघको खुल्ला रक्तदान दुबईमा सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ८ गते, सोमबार १९:०९

-सचिन्द्र श्रेष्ठ
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईको समन्वय तथा प्रवास नेपाली सम्पर्क बिभागको मुख्य आयोजना एबं देबदह सेवा समाज यूएईको सहयोगमा नोभेम्बर २३ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।यस कार्यक्रमलाई एभरेस्ट रेस्टुरेन्टले आर्थिक सहयोग गरेको थियो।

रक्तदान कार्यक्रम बिगतका भन्दा अझ भब्यताका साथ यो चौथो पटक सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। यस कार्यक्रममा उपस्थित भएका यस प्रकारको समाजसेवी कामलाई निरन्तरता दिनु पर्ने भन्दै उत्साह प्रकट गरेका थिए। उक्त कुरालाई आत्मसाथ गर्दै हरेक वर्षको तिनपटक रक्तदान कार्यक्रम निरन्तर आयोजना गर्ने गरिएको श्रेष्ठले बताए।

विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै नेपाली राजदुतावास आबुधाबीका प्रतिनिधि हरेराम अर्याल ज्यु एबं वाणिज्य दूतावास दुतावास दुबइका उप–महावाणिज्यदूत कृष्ण चापागाईको समेत उपस्थित रहेको कार्यक्रममा करीब ११० भन्दा बढ़ीले रक्तदान गरेको प्रवास नेपाली सम्पर्क बिभागका अध्यक्ष सुजन थापाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक जगन अधिकारीले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु