तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ८ गते, सोमबार १९:२३

प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गल्र्समा २ गरी १४ खेल सम्पन्न भए ।
सिनियर ब्वाइजमा इभरेष्ट फ्लोरिडाले अल्बर्टलाई ४९–१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३–२३, श्रृजनशीललाई ३३–८, काठमाडौं इङलिस स्कुल (केइएस) ले स्पाङ्गललाई २२–१७, हेम्सले एसियनलाई ३३–१४ र मार्वलसलाई ३९–२२ तथा अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५–५ ले पराजित गरे ।
जुनियर ब्वाइजमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१–१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४–८, हेम्सले चैतन्यलाई १८–११ र सनसाइनले मार्वलसलाई २१–११ ले हराए ।
सिनियर गल्र्समा काठमाडौं जेभियर्सले चैतन्यलाई २९–१६ र केइएसले सनसाइनलाई २६–१८ ले पाखा लगाए ।
प्रतियोगिताको बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।
प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता रहेको आयोजक प्याब्सन मध्य क्षेत्रीयका अध्यक्ष धनप्रसाद सुब्बाले जनाएका छन् ।
प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भइरहेको छ । फाइनल मंसिर १३ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु