तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली मौलिक ठाडो भाका गीत सार्वजनिक, युमि गौतम र शेरबहादुर क्षेत्रीको मन छुने अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ९ गते, मंगलवार ७:५७

काठमाडौं— नेपाली मौलिक संस्कृतिको पहिचान बोकेको नयाँ मौलिक ठाडो भाका गीत सार्वजनिक गरिएको छ। नेपाली लोकसंगीतको धरोहरलाई आधुनिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको यो गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो।

गीतमा किरण बीसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरले दमदार स्वर दिएका छन्। नेपाली पहाडी संस्कृतिको आत्मा झल्कने शब्दहरू किरण बीसी र प्रयास कुँवर मगरले लेखेका हुन्। गीतको संगीत संयोजन लोकप्रिय संगीतकार सुक्र तामाङले गरेका छन्, जसले भाकालाई मिठासपूर्ण र मनमोहक बनाएको छ।

म्युजिक भिडियोलाई अझै आकर्षक बनाईएको छ मुख्य कलाकार शेरबहादुर क्षेत्री र युमि गौतमले प्रस्तुत गरेको शानदार अभिनयले। उनीहरूले नेपाली मौलिक भेषभूषा, पहाडी परिवेश र पारम्परिक चटुल बोलाइको भावपूर्ण प्रस्तुतीकरणमार्फत गीतको भावनालाई स्पष्ट र प्रभावशाली ढङ्गले व्यक्त गरेका छन्। युमि गौतमको उत्कृष्ट प्रस्तुतीले गितलाई सुनमा सुगन्ध थपेको छ ।

भिडियोकै माध्यमबाट स्थानीय संस्कृति, गाउँघरको वातावरण, परम्परागत चालचलन र सांगीतिक विरासतलाई जोगाउने प्रयास स्पष्ट रूपमा देखिन्छ। छायांकन, लोकेशन र दृश्य व्यवस्थापनले भिडियोको सौन्दर्यलाई थप निखार दिएको छ।

गीत सार्वजनिक भएको केही समयमै युट्युब र सामाजिक सञ्जालमा दर्शक–श्रोता दुवाबाट उत्कृष्ट प्रतिक्रिया आइरहेको छ। धेरैले गीतमा रहेको मौलिकता, संगीत संयोजन, कलाकारहरूको अभिनय तथा संस्कृतिले बोकेको आत्माको प्रशंसा गर्दै सकारात्मक प्रतिकृया व्यक्त गरेका छन्।

नेपाली मौलिक संगीत र सांस्कृतिक पहिचानलाई विश्वभर फैलाउने उद्देश्यसहित तयार गरिएको यस गीतले देश–विदेशमा रहेका नेपाली संगीतप्रेमीहरूको मन जित्ने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु