दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नमुञ्चेत कृषि फर्म (ककनी स्ट्रबेरी) लाई नवप्रवर्तनशील सम्मान प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १० गते, बुधबार ८:४५

हेटौंडा — नमुञ्चेत कृषि फर्म (ककनी स्ट्रबेरी) लाई नवप्रवर्तनशील सम्मान प्रदान गरेको छ ।

११औँ उद्योग दिवसको अवसरमा मंगलबार बागमती प्रदेश सरकारले नमुञ्चेत कृषि फार्म सहित प्रदेशभरका उत्कृष्ट १४ उद्यमीलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उद्योगमन्त्री विन्दु श्रेष्ठले सम्मानितहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

ककनी स्ट्रबेरी एंव नमुञ्चेत कृषि फर्मलाई मल्याङ्कनसहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै आगामी दिनमा व्यवसाय प्रवर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको संचालक युवा व्यवसायिक छेसाङ तामाङले बताउनुभयो ।

उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ अनुसार प्रदेशका १३ जिल्लाबाट उत्कृष्ट एक–एक उद्यमी र प्रदेशभरबाट सबैभन्दा बढी अंक ल्याएका एक सर्वोत्कृष्ट उद्यमीलाई छनोट गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु