दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ११ गते, बिहीबार ७:१८

काठमाडौ- भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। राजधानीको फाइन–डाइनिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको Vinoliva Restaurant & Bar अत्याधुनिक संरचना, उत्कृष्ट सेवा, स्वाद र अन्तर्राष्ट्रिय स्तरको वातावरणका कारण पछिल्ला वर्षहरूमा ग्राहकको पहिलो रोजाइ बन्दै आएको छ।

एनआरएनएका शीर्ष नेतृत्वको लगानी तथा व्यवस्थापनमा सञ्चालित यो रेस्टुरेन्ट छोटो अवधिमै उच्च मापदण्ड स्थापित गर्न सफल मानिन्छ। रेस्टुरेन्टको अध्यक्षमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासी) रहेका छन् भने सञ्चालक टीममा एनआरएनएका उपाध्यक्ष लोक दाहाल (बेल्जियम निवासी), उपाध्यक्ष राज रेग्मी (कतार निवासी) र जापान निवासी ईश्वर सापकोटा रहेका छन्। अन्तर्राष्ट्रिय अनुभवले समृद्ध उक्त टोलीको लगानीका कारण भिनोलिभाले सेवा, सफाइ, व्यवस्थापन र ग्राहक–अनुभूतिको स्तरमा राजधानीका अन्य रेस्टुरेन्टहरूभन्दा फरक पहिचान कायम गर्न सफल भएको छ।

तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै रेस्टुरेन्टले फुड तथा बेभरेजमा १५ प्रतिशत छुटसहित विशेष अफर सार्वजनिक गर्यो। साथै लोकप्रिय Tower Beer Barasinghe (Pale Ale तथा Hazy IPA) मात्र २५०० रुपैयाँमा उपलब्ध गराइयो। रेस्टुरेन्ट बिहान ९ बजेदेखि राति १० बजेसम्म संचालन हुन्छ भने लाइभ–म्युजिक कार्यक्रमले माहोल झनै रमाइलो बनाउछ ।

भिनोलिभाको विशेषता यसको संरचना र सेवामा देखिन्छ। मुख्य हलदेखि आकर्षक रूफटप, पूर्ण गोपनीयतासहितका प्राइभेट रुम, फुर्सदिला गतिविधिमासहितको बाहिरी संरचना र बालबालिकाका लागि छुट्टै खेल्ने क्षेत्र एकै छानामुनि उपलब्ध छन्। यस कारण पारिवारिक समारोह, कर्पोरेट मिटिङ, अफिसियल भोज, जन्मदिन वा पार्टी कार्यक्रमहरूको लागि भिनोलिभालाई राजधानीको उत्कृष्ट गन्तव्य मानिन्छ।

अनुभवी सेफद्वारा लाईभ–किचेनमै तयार गरिने नेपाली, भारतीय, चाइनिज, कन्टिनेन्टललगायतका मल्टिकुजिन परिकार यहाँका मुख्य आकर्षण हुन्। गुणवत्तायुक्त सामग्री, सफा वातावरण, सौन्दर्यपूर्ण आन्तरिक सजावट र प्रिमियम स्तरीय सेवाबाट भिनोलिभाले फाइभ–स्टार अनुभव प्रदान गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा एनआरएनएका उपाध्यक्ष तथा सञ्चालक लोक दाहाल, सञ्चालक ईश्वर सापकोटा, वरिष्ठ उद्यमी रवि केसी, उद्योगी–व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा केक काटेर भिनोलिभाको तेस्रो वर्षगाँठ औपचारिक रूपमा मनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु