तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

च्याउ किसान संघ काठमाडौंमा प्रदिप तामाङको सर्वसम्मत नेतृत्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १२ गते, शुक्रबार १४:२८

काठमाडौं :च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।

महाधिवेशनको निर्णय अनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का, उप–सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरिएको छ।

त्यसैगरी सदस्यहरूमा सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ र रबिन गौतम रहेका छन्। समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय समेत गरेको छ।

समितिका अनुसार नयाँ नेतृत्वले किसानलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ तथा कम्पोस्ट उपलब्धता, बजार समन्वय, युवा–महिला सहभागिता वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्दै कार्ययोजना अघि बढाउनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु