दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १६ गते, मंगलवार ७:०४

काठमाडौं: गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपूर इनर्जी र मस्ती समेटिएको छ। गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन सार्थक कुँवरले गरेका हुन्। सार्थकले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक्स दिने प्रयास गरेका छन्, जसमा बबिता बस्नेत र दिया अधिकारीलाई मुख्य भूमिकामा फिचर गरिएको छ।

भिडियोमा मोडलहरूको प्रस्तुति निकै ‘बोल्ड’ र आकर्षक देखिन्छ। गीतको ‘हाइ टेम्पो’, बिट र कलाकारहरूको ‘मुभ्स’ ले दर्शकलाई स्वतः नचाउने क्षमता राख्छ। सागर र साइमनको गायकीको जुगलबन्दीले गीतलाई अझ सशक्त बनाएको छ भने भिडियोको ‘मुड’ ले यसलाई पूर्ण रूपमा ‘पार्टी एन्थम’ बनाएको छ।

यो गीत सागर जंग कुँवरको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। समसामयिक पप संगीत र डान्स नम्बर मन पराउने दर्शकहरूका लागि ‘मस्त जवानी’ एक उत्कृष्ट सांगीतिक कोसेली साबित हुन सक्छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु