तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिभल) हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १६ गते, मंगलवार १७:०६

काठमाडौं, १६ मंसिर । हस्तकला दिवसको अवसरमा बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिभल) हुने भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालय को सहयोगमा नेपाली कला र सांस्कृतिक धरोहरका रुपमा रूपमा रहेका नेपाली हस्तकलाको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ललितपुर महानगरपालिकास्थित पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्राहलय परिसरमा प्रदर्शनी आयोजना हुने बताइएको छ ।
नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त तत्वावधानमा हुुने हस्तकला प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहने महासंघ अध्यक्ष रविन्द्र शाक्यले बताउनुभयो । उहाँकाअनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलाबा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सास्कृतिक समितिबाट सास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको पनि प्रस्तुतिका साथै महासंघबाट कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा(मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । मास्क मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मास्क प्रदर्शनी गरिने आयोजकले जनाएको छ । मंंसिर २१ गतेसम्म सञ्चालन हुने नेवारी मौलिक खाद्य परिकारका तीन स्टलसमेत रहने बताइएको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले उद्घाटन गर्नुहुने प्रदर्शनीमा सर्वसाधारणाका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । विश्व कला परिषद्बाट कला नगरी घोषित ललितपुरको मुटु पाटन दरबार स्क्वायर क्षेत्रमा हुने उक्त कार्यक्रमको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले बताउनु भयो । पत्रकार सम्मेलनमा पाटन संग्राहलयकातर्फबाट सुरेश लाखे, मेला संयोजक प्रताप शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य लगायतले प्रदर्शनीले हस्तकला तथा पर्यटन प्रवद्र्धन सघाउ पुग्ने बताउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु