तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गोलन्जोरमा २३ गतेदेखि जुनार मेला हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २० गते, शनिबार ६:२७

काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार प्रबद्र्धन मेला हुने भएको छ । गाउँपालिकाले आयोजना गर्न लागेको मेला मंसिर २३ गतेदेखि ३ दिनसम्म चल्ने छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारको खेती हुँदै आएको वडा नम्बर ४ मा मेला हुने बताए । मेला पहिलो पटक हुन लागेको हो ।‘यहाँ जुनारको राम्रो सम्भावना छ त्यो सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो ’ अध्यक्ष बरालले भने ‘मेलामा जुनारविज्ञका साथै सरोकारवालाको उपस्थिति हुने भएकाले पनि मेलाले सार्थकता पाउने विश्वास गरेका छौं ।’ उनले जुनारको प्रबद्र्धन गर्न र अन्तर्राष्ट्रिय बजारसम्म जुनारलाई पुर्याउन मेला प्रभावकारी हुने बताए । वागमति प्रदेशका कृषिमन्त्रीले मधुसुदन पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् । अध्यक्ष बरालले मेलाको अवलोकन गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष बरालले ३ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको बताए ।
अध्यक्ष बरालले आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेखालका अन्य कार्यक्रम सञ्चालन गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु