दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इक्यानको शैक्षिक मेला सोमबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २० गते, शनिबार २०:४७

काठमाडौं, मंसिर २० । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सोमबार (डिसेम्बर ८) शैक्षिक मेला लगाउने भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि मेला हुने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । यो इक्यानको १६ औं मेला हो । इक्यानले यसलाई ‘१६ औं मल्टीडेस्टिनेसन फेयर–२०२५’ भनेको छ । अध्यक्ष भट्टराइले यो मेला ऐतिहासिक हुने भएकाले पनि मेला भ्रमण गर्न र सही सल्लाह लिन सबैलाई आग्रह गरेका छन् । ‘यो मेलामा धेरै स्टलहरु रहने छन्, विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कुराकानी गर्न पाउने र आफ्ना जिज्ञासा पनि राख्न पाउने हुनाले पनि फेयर सबैका लागि उपलब्धीमूलक हुने छ’ अध्यक्ष भट्टराइले भने ‘हाम्रो काम विद्यार्थीले रोजेको देशमा पढ्न पठाउनका लागि शैक्षिक परामर्श दिने हो, फेयरमा धेरै देशका विश्वविद्यालयका प्रतिनिधिको पनि उपस्थिति हुने भएकाले पनि विद्यार्थीले चाहेको कुरा बुझ्न सजिलो हुने छ ।’
इक्यााले पटकपटक यस प्रकारको मेलाको आयोजना गर्ने गरेको छ । इक्यानका कोषाध्यक्ष आशिक कार्कीले फेयरमा सहभागी हुन सबेलाई आग्रह गरेका छन् । ‘जुनसुकै देश र विश्वविद्यालय अध्ययन गर्न चाहनेका लागि पनि मेलाले सही सन्देश र सल्लाह दिने छ’ उनले भने ‘कहिलेकाहीँ हामीमाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ त्यो भनेको हाम्रो कारणले नभई विद्यार्थीको बुझाइको समस्याले हुन सक्छ ।’ इक्यानले शैक्षिक परामर्श व्यवसायीसँग सम्बन्धित विभिन्न विषयमा सरकार र सरोकारवालासँग पनि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु