दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २१ गते, आईतवार ७:४७

पोखरा ÷ पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो । साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् ।
पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजले समेत सहकार्यमा हुन लागेको हो । फाइटको प्रबद्र्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज फाइटको आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र छेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछ । प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट राखिएको छ । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको क्षेत्रीले बताए ।
प्रतियोगिता खेल्नका लागि सबै फाइटर पुसको १० गते पोखरा आइपुग्नेछन् । पुस ११ गते तौल मापन र प्राविधिक प्रकृया पुरा हुनेछ भने १२ गते मुख्य इभेन्टको आयोजना हुनेछ । संयोजक छेत्रीका अनुसार यस्ता प्रतियोगिताले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय स्तरमा उदाउने महत्वपूर्ण आधार दिनेछ । ‘रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरु यस्तै फाइटका कारण उदाएका छन, यो अवसर हो’ उनले भने । क्षेत्रीका अनुसार सुस्मिता थापाले यस पटक मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु