दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ मा काठमाण्डौंका रबिलले जिते स्कुटर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २२ गते, सोमबार ६:५२

काठमाडौँ । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।
शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर १४७७१ का रबिल तामाङले जितेका छन् । तामाङलाई सिजी मोटर्स प्रालि (हिरो) का रिजनल म्यानेजर सुवास केसीले स्कुटरको चाबी हस्तान्तरण गरे ।
उपहार योजना अन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर र अर्को एक जनालाई दोस्रो उपहार स्वरुप ५ रात ६ दिनको थाइल्याण्ड भ्रमण जित्ने मौका दिइएको थियो । जसमा मोरङको पथरीकी डेजिना लिम्बुले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाएकी छिन् । उनलाई एशियन एक्सपिडिसन ट्राभल्सका सञ्चालक इश्वर ढकालले थाइल्याण्ड भ्रमणको कागजात हस्तान्तरण गरे ।
यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४४ जनालाई अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरुलाई उपहार हस्तान्तरण गरेका थिए ।
केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।
सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे २ लाख उपभोक्ता पुगेकामा २० हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।
बम्पर उपहार विजेता तामाङलाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका रिजनल म्यानेजर केसीले ब्रान्ड प्रवद्र्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताए ।
यस्तै, केएल टावरका प्रमुख कार्यकारी अधिकृत कक्षपतिल उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा केएल आटवरको व्यापार प्रवद्र्धनका लागि उपहार योजना सञ्चालन गरिएको बताए । आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।
काठमाडौँको चाबहिलस्थित चुच्चेपाटीमा रहेको केएल टावरमा सिनेमा हल, बैंङ्क्वेट, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, १५ वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु