दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१४ औं हस्तकला दिवस : उत्कृष्ट निर्यात व्यवसायी र जेष्ठ कलाकारहरु सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २९ गते, सोमबार ७:४८

ललितपुर, २८ मंसिर

नेपाल हस्तकला महासंघले १४ औं हस्तकला दिवसको अवसरमा विभिन्न कलाकार तथा हस्तकला व्यवसायीहरुलाई सम्मान र पुरस्कृत गरेको छ । आइतबार ललितपुरमा आयोजित महासंघको ५३ औं वार्षिकोत्सव तथा १४ औं हस्तकला दिवस कार्यक्रम कार्यक्रममा गत आर्थिक वर्ष २०८१÷८२ सबैभन्दा बढी हस्तकला निर्यात गर्ने एभरेष्ट फेसनका प्रमुख कार्यकारी निर्देशक महेश्वर श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै सोही आर्थिक वर्ष हस्तकला निर्यात दोस्रो स्थान हासिल गर्ने ओम साई राम फेल्ट प्रालिका मेघराज (राम) बुढाथोकी र हस्तकला निर्यातमा तेस्रो स्थान हासिल गर्ने एभरेष्ट फेशन फेल्ट एण्ड निट प्रालिका सुगम श्रेष्ठ र एलभिन श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
नेपाल हस्तकला महासंघका अनुसार महासंघका गैर सदस्यमध्ये सबैभन्दा बढी हस्तकला निर्यात गर्ने फिन्जो सोनाम इन्टरप्राईजेजका कर्मा छोडुप गुरुङलाई सम्मान गरिएको छ भने हस्तकला निर्यातमा उल्लेखनीय योगदान पु¥याउने तथा १० करोडभन्दा बढी निर्यात समूहका देवचक्र एक्सपोर्ट प्रालिका निर्देशक राधिका महत, १० करोडभन्दा बढी निर्यात समूहका निर्यातकर्ता र पोतजन्य बस्तुमा प्रथम स्थान हासिल गर्ने माईन्डफूल क्राफ्ट प्रालिका कुवेर सापकोटा, सदस्यमध्ये उत्कृष्ट उद्यमी बागमती आर्टस एण्ड ह्याण्डिक्राफ्टस प्रोपराईटर सगुना श्रेष्ठका साथै सदस्यमध्ये परम्परागत बिधातर्फका उत्कृष्ट कलाकार मनोज शाक्यलाई पनि सम्मान र पुरस्कृत गरिएको छ । त्यस्तै हस्तकला निर्यात योगदान पु¥याउनुहुने नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा हस्तकलाअन्तर्गत विभिन्न विधाका वरिष्ठ र जेष्ठ कलकारहरुलाई पनि सम्मान गरिएको छ । हस्तकला क्षेत्रका सिद्धहस्त विभिन्न विधामा संलग्न ७० वर्षभन्दा माथि १७ जना जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको हो । उत्कृष्ट निर्यातकताहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र अनिल कुमार सिन्हाले र जेष्ठ कलकारहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस अघि महासंघ सचिवालयमा झण्डोतोलन गरी महासंघका अध्यक्ष रविन्द्र शाक्यले ५३ औं वार्षिकोत्सव तथा १४ औं हस्तकला दिवसको शुभारम्भ गर्नुभएको थियो भने ललितपुरस्थित बागमतीको पुलनजिक रहेको महासंघको स्वर्ण स्तम्भमा माल्र्यापणसमेत गर्नुभएको थियो ।
ललितपुरको पाटन संग्रहालय आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठ, हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यलगायतले हस्तकलाको निर्यात प्रवद्र्धनमा जोड दिनुभएको थियो । सो अवसरमा हस्तकलामा लगानी सहजीकरण गर्ने उद्देश्यका साथ महासंघ र एनएमबी बैँकसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । २०२९ मंसिर २८ गते साविक नेपाल हस्तकला उद्योग संघका रुपमा स्थापना भएको नेपाल हस्तकला महासंघले हरेक वर्ष विभिन्न प्रवद्धनात्मक कार्यक्रम हस्तकला दिवस मनाउँदै आएको छ ।
देशको कला संस्कृति सरंक्षण र प्रवद्र्धनका साथै निर्यात व्यापारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकला आत्मनिर्भर अर्थतन्त्रको महत्वपूर्ण धरोहर मानिन्छ । स्वदेशी, सीप, श्रम र स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकलामार्फत स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने संभावना छ । निर्यातमूलकमात्रै नभइ नेपाली कला संस्कृतिको धरोहरका रुपमा रहेको हस्तकला नीतिगत समस्याबीच गुज्रिदै आएको छ । विविध समस्या र चुनौतीबीच पनि हाल हस्तकला उद्योग व्यवसायले प्रत्यक्ष र अपत्यरुपमा झण्डै ११ लाख व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको छ भने अधिकांश महिला वर्ग, जनजाति एवं आदिवासी र सिमान्तकृत समुदायका अर्थोपार्जनका आधार पनि हस्तकला उद्योग ब्यवसाय रहेको छ । वार्षिकरूपमा २७ अर्ब हाराहारी भारत, चीनलगायत तेस्रो मुलुकमा हस्तकलाजन्य वस्तु निर्यात हुँदै आएको छ । हाल ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकलाका वस्तु महासंघबाट सूचीकृत भएका छन् । नेपालको निर्यातमा महत्व पूर्णयोगदानस्वरुप महासंघ अध्यक्षलाई सरकारले महत्वपूर्ण ब्यवसायिक ब्यक्ति(सिआइपी) सम्मानसमेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु