दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ६ गते, आईतवार ६:०७

काठमाडौं ।चलचित्र ‘बिगुल’ को टिजर सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ। सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति,परिवार,समाज,सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ । फिल्मबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर,समाज,देशमा के कस्ता घटना,राजनीति भइरहेको छ, त्यसबारेमा समेत जानकारी दिने बिश्वास निर्देशक कोइरालाको छ । ‘फिल्मलाई मनोरञ्जनका साथमा बिचारका रुपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’,‘लीला’ र ‘नीरमाया’ फिल्म निर्देशन गरेका निर्देशक कोइराला भन्छन्,‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ ।’

जेन्जी आन्दोलनप्रति समर्पित गरिएको ‘बिगुल’ मा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायांकन ,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु