दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो नेपाल पार्टीको चितवन सभा: युवानेता नारायण भण्डारीको सशक्त सम्बोधनले जनताको ध्यान तान्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ६ गते, आईतवार १६:०५

चितवन — उज्यालो नेपाल पार्टीद्वारा चितवनमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै युवानेता नारायण भण्डारी “समाजसेवी”ले देशको वर्तमान अवस्था, युवाको भूमिका र सामाजिक परिवर्तनका विषयमा सशक्त धारणा राखेका छन ।
सभामा बोल्दै भण्डारीले राजनीतिमा नयाँ सोच, इमानदारी र युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै जनताको भरोसा जित्ने राजनीति आजको आवश्यकता भएको बताए । समाजसेवाबाट राजनीति प्रवेश गरेका भण्डारीले शिक्षा, रोजगारी, स्वास्थ्य र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै उज्यालो नेपाल पार्टी जनताको आवाज बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टी अध्यक्ष तथा मन्त्री कुलमान घिसिङले पनि आफ्नो धारणा राख्दै पार्टीको भावी कार्यदिशा, विकास र समृद्धिको यात्रामा युवाको योगदान महत्वपूर्ण हुने बताए । उनले नारायण भण्डारीजस्ता ऊर्जावान र प्रतिबद्ध युवानेताबाट पार्टीलाई थप मजबुती मिल्ने विश्वास व्यक्त गरे ।
सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। चितवनको सभाले उज्यालो नेपाल पार्टीप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु