दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ७ गते, सोमबार ५:५१

काठमाडौं, पुस ६ गते
जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा सम्पन्न भयो ।
तेक्वान्दो अन्तर्गत छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहको नतिजाको आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् भने छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन् ।
उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदीले छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि जिते ।
यस्तै जुडोको छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहमा भएको नतिजा पछि अंकको आधारमा छात्रतर्फ जेम्स स्कुल प्रथम, बाल विकास स्कुल दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै छात्रातर्फ बाल विकास स्कुल प्रथम, जेम्स स्कुल दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे ।
उक्त स्पर्धामा बाल विकास स्कुलकी अलिशा परियार छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् भने जेम्स स्कुलका आर्यन खड्का छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते ।
देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको बृहत विद्यालय खेलकुद यहि पुस ९ गते सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु