तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत गिरी खस-आर्यतर्फ देशकै पहिलो नम्बरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १६ गते, बुधबार ९:००

राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेश प्रदेशका अध्यक्ष भरत गिरी प्रतिनिधि सभाको समानुपातिकतर्फको खस-आर्य क्लष्टरको बन्द सूचीमा नेपालभरकै पहिलो नम्बरमा समावेश हुनुभएको छ।

राप्रपाले समानुपातिकतर्फ खस-आर्यको पहिलो तीन उम्मेदवार लोकतान्त्रिक विधिबाट चयन गरेको हो। कार्यसम्पादन समितिको बैठकमा भएको मतदानबाट टुंगो लाग्दा सर्वाधिक मत प्राप्त गरी भरत गिरी पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ।

लामो समयदेखि समाजसेवा, संगठन निर्माण र जनसरोकारका क्षेत्रमा सक्रिय भरत गिरी एक कर्मशील, निष्ठावान र प्रतिबद्ध नेताका रूपमा परिचित हुनुहुन्छ। विशेषतः मधेश प्रदेशका जनताको हक–अधिकार, समावेशी विकास र सामाजिक न्यायका विषयमा उहाँको भूमिका उल्लेखनीय रहँदै आएको छ।

शिक्षा र स्वास्थ्यलाई राष्ट्र निर्माणका आधारस्तम्भका रूपमा लिँदै उहाँले गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा दीर्घकालीन सुधार आवश्यक रहेको स्पष्ट धारणा राख्दै आउनुभएको छ। उहाँका अनुसार देश विकास नाराले होइन, इमानदार नेतृत्व, व्यवहारिक कर्म र जिम्मेवार कार्यशैलीबाट मात्र सम्भव हुन्छ।

भरत गिरीको नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउने र मधेश प्रदेशसहित देशभर सकारात्मक परिवर्तनको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु