तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष १९ गते, शनिबार २१:१५

काठमाडौं, पुस १९– नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।
अल नेपाल स्पोटर््स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र रक्षा महिलामा च्याम्पियन भएका हुन् ।
कलंकीस्थित अम्रेला इभेन्ट्समा पुरुषतर्फको फाइनलमा सुमित विष्टले आर्मीकै अफताब आलमलाई पराजित गर्दै उपाधि हात पारे । सेमिफाइनलमा सुमितले ऋृतका हरिश बोहरा र अफताबले आर्मीका अम्बिका घिमिरेलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा अम्बिका घिमिरे र हरिश बोहराले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ रक्षा धिमालले फाइनलमा आर्मीकी गीता कठायतलाई पराजित गर्दै उपाधि जितिन् । सेमिफाइनलमा रक्षा धिमालले आर्मीकी बीणा नाथ र गीता कठायतले पासाङ लामालाई पराजित गरेका थिए । महिलातर्फ पासाङ लामा र बीणा नाथ तेस्रो स्थानमा रहे । प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
प्रतियोगितामा दुई तौल समूहमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा सहभागी खेलाडीहरू हालै सम्पन्न १३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण, रजत तथा कांस्य पदक विजेता हुन् । पुरुषतर्फ ५४ र ५८ केजी तथा महिलातर्फ ४९ र ५३ केजी तौल समूहका उत्कृष्ट खेलाडीलाई च्याम्पियनसिपमा समावेश गरिएको आयोजकले जनाएको छ ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, फाउन्डेसनका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
खेलाडीको वृत्तिविकासमा योगदान पु¥याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको आयोजक फाउन्डेसनकका सचिव नोर्बु लामाले जानकारी दिए ।
समापनका अवसरमा पारा तेक्वान्दोका सर्वाधिक सफल प्रशिक्षक कविराज नेगी लामालाई आयोजक फाउन्डेसनले नगद १० हजारसहित सम्मान गरेको थियो । लामाले पारालिम्पिकसहित विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक जिताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु