दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल र उपाध्यक्षमा चन्द्र टण्डन निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २१ गते, शनिबार ९:०४

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. का चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट  प्रा.लि.का रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । आइपे रेमिटका इन्द्र शर्मा सचिव र सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्षमा निर्बाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) छानीएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहेका छन् ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने बताए ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो । हाल एसोसिएसनले रेमिटेन्स कम्पनीहरुको हकहित संगै विदेशबाट रेमिटेन्समार्फत नै रकम भित्र्याउन पहल गर्दै आइरहेको छ । हाल रेमिटेन्सहरुको संख्या दिन दिनै बढिरहदा पनि हुण्डीमार्फत विदेशबाट रकम भित्रिने क्रम भने जारि नै रहेको छ । हाल अस्ट्रेलिया,दक्षिण कोरिया,हंगकंग,मलेसिया,यु ए इ लगाएतका देशबाट रेमिटेन्समार्फत भन्दा पनि हुण्डीमार्फत नै बढी रकम देश भित्रने गरेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु