दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २० गते, आईतवार १२:३५

काठमाडौँ, २० पुस । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिनुभयो ।

उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–“स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेको छ ।”

अध्यक्ष कुँवरले नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको बताउनुभयो । कर्मचारीले हिम्मत नहारी सामुहिक रुपमा काम गरेकाले अस्पताल अहिलको अवस्थामा आएको उहाँको भनाई थियो । उहाँले ग्राण्डीलाई राजधानी काठमाडौँमा मात्र नभई सातै प्रदेशमा खोल्ने आफ्नो सपना भएको समेत बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका सदस्य ईन्जिनीयर विजय राजभण्डारीले ग्राण्डीले कम शुल्कमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले ग्राण्डीमा उपचारसँगै हेरचाह राम्रो भएको बताउनुभयो ।

उहाँले ग्राण्डीलाई थप सफलताको वाटोमा लैजानका लागि सञ्चालक समिति र व्यवस्थापनको वीचमा सल्लाहकार समिति गठन गरेर अगाडि बढिएको उल्लेख गर्नुभयो ।

अस्पताल सञ्चालक समिति सदस्य ईन्जिनीयर वीरेन्द्रबहादुर श्रेष्ठले ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीको अथक मेहनतले ग्राण्डी स्वास्थ्य सेवाको ‘ब्राण्ड’ बनेको भन्दै खुशी व्यक्त गर्नुभयो । ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीले विरामीलाई गर्ने व्यवहार राम्रो भएको उहाँको भनाई थियो ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले उपचारसँगै खोज, अनुसन्धान र तालिमलाई प्राथमिकता दिँदै आएको छ । नेपालसहित विश्वका विभिन्न मुलुकका विरामीलाई उपचार सेवा दिँदै आएको ग्राण्डीमा दैनिक ५०० विरामीले ओपिडि सेवा लिँदै आएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीको सामुहिक प्रयासका कारण आज ग्राण्डी अस्पताल नेपालको निजी अस्पतालमा अब्बल अस्पताल हुन पुगेको बताउनुभयो । उहाँले ग्राण्डीले विगत तीन वर्षमा चार लाखभन्दा बढी विरामीको उपचार गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालमा विगत १० वर्षदेखि निरन्तर काम गर्ने डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । ग्राण्डीले आफ्नो १३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार साँझ प्रजनन तथा प्रजनन विज्ञान केन्द्रको शुभारम्भ समेत गरेको छ । सोही अवसरमा अस्पतालका अध्यक्ष ईन्जिनीयर कुँवर, मेडिकल डाइरेक्टर डा विजुक्छे र डाक्टर विभुतीनाथ मिश्रले ग्राण्डी जर्नलको समेत विमोचन गर्नुभएको थियो ।

कुल २०० शैयामार्फत विरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको ग्राण्डीले भर्खरै ‘एडभान्स स्ट्रोक सेन्टर’को समेत मान्यता पाएको छ । ग्राण्डी विश्व स्ट्रोक संगठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाउने नेपालको पहिलो अस्पताल समेत बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु