दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टुँडालदेवीमा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २३ गते, बुधबार १५:००

पौष २३, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ४ टुँडालदेवी मन्दिर परिसरमा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी प्रहरी बृत्त मालीगाउँ र महाराजगन्जको संयुक्त आयोजनामा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकारका पूर्व सचिव एवं महालेखापरिक्षक मधु सुदन ढकालको प्रमुख आतिथ्य तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीकाअध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मालीगाउँ प्रहरी बृत्तका डीएसपी धन बहादुर बोहरा, महाराजगन्ज प्रहरी बृत्तका डीएसपी निरन्जन थापा,काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनाली लगाएतले आ—आफनो भनाई राखेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी र समुदायबीचको सहकार्य, विश्वास र साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यलाई थप बल पुगेको अतिथि हरूले बताएका छन् ।

कार्यक्रममा सभाध्यक्षता न्यौपानेले भदौ २३–२४ गते जेनजी आन्दोलनमा प्रहरीसँगै मुलुकले अकल्पनीय क्षति भोग्न परेको बताउँदै प्रहरीको मनोबल उकास्न समुदायस्तरबाट पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु