दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

घिमिरे द्वारा न्युयोर्क राज्य,जिल्ला ३० का लागी सभासद पदमा उम्देवारी दर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २३ गते, बुधबार १९:३२

न्युयोर्क — नेपाली मूलका समाजसेवी सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद, जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जनवरी ११, २०२६ साँझ ६:३० बजे क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजना हुने सार्वजनिक कार्यक्रममा उम्मेदवारी व्यक्तिगत रूपमा घोषणा गर्नेछन्।

वुडसाइडका दीर्घकालीन बासिन्दा घिमिरेले क्वीन्सलाई सबै परिवारका लागि सुरक्षित, न्यायपूर्ण र अवसरयुक्त बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनको प्राथमिकतामा किफायती आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक अधिकारको संरक्षण तथा समावेशी प्रतिनिधित्व रहेका छन्।

सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका घिमिरेले नेपाली अमेरिकी तथा दक्षिण एसियाली समुदायको हितमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय सामुदायिक र सामाजिक कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्। उनी सन् २०२० को जनगणनामा फिल्ड सुपरभाइजरका रूपमा पनि कार्यरत थिए।

अक्टोबर २८, २०२३ मा घानाको आक्रामा ४८ देशहरूले भाग लिएको विश्व मानव अधिकार सम्मेलन मा ग्लोबल ह्युमानिटेरियन लिडरशिप अवार्ड प्राप्त गर्ने सोमनाथ घिमिरे पहिलो नेपाली अमेरिकी बने। साथै उनले न्यूयोर्कको सबैभन्दा पुरानो साउथ एसियाली डेमोक्रेटिक क्लबबाट साउथ एसियाली कम्युनिटी एक्टिभिस्ट अवार्ड २०२४ प्राप्त गरे भने उनले एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर न्युयोर्क, क्वीन्स च्याप्टरको कम्युनिटी लिडरशिप अवार्ड २०२५ पनि प्राप्त गरे। सोमनाथ न्यूयोर्क राज्य र बाहिरका सबै समुदायहरूमाझ प्रख्यात सामुदायिक कार्यकर्ता हुन्। आगामी दिनमा अभियानसम्बन्धी थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु