दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पिकनिकको लागि आकर्षक गन्तव्य बन्दै “ग्रीन भ्याली रिसोर्ट”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २४ गते, बिहीबार १३:२०

काठमाडौ — मुलुकको संघीय राजधानीको सबैभन्दा नजिक रहेको प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

राजधानीको कोलाहल,अनावश्यक तनावबाट सहरलाई छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य,विभिन्न प्रजातिका वनस्पति र जीवजन्तुहरू अवलोकन गर्ने काठमाडौ उपत्यकाबाट सबैभन्दा नजिकको गन्तव्य हो ग्रीन भ्याली रिसोर्ट ।

महाराजगन्जबाट ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै ५.५ किलोमिटर पहाडको टुप्पोमा प्रकृतिको अवलोकनका साथै मनोरम शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ ग्रीन भ्याली रिसोर्ट।

२० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता भएको दुईवटा सुविधा सम्पन्न पिकनिक स्पट रहेको छ।  फेमिली डिलक्स,डिलक्स डवल, डिलक्स ट्विन, र सुपर डिलक्स गरी ३६ कोठाहरु रहेका छन् ।

अत्याधुनिक सुविधा सम्पन्न कोठा पारिवारीक र अफिसियल पिकनिक, क्याम्प फायर र लाइभ बारबेक्यू सभा,सम्मेलन तथा कार्यक्रमका लागि पनि आकर्षक अफरसहितको सुविधा प्रदान भइरहेको रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु