दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्रिवि एलुम्नाईको साधारण सभा सम्पन्न !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २१ गते, शनिबार १८:३५

कीर्तिपुर (२१ पौष)÷त्रिवि एलुम्नाई एशोसिएशनको प्रथम वार्षिक साधारण सभा सुनिती श्रेष्ठ हाडाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिवार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा प्रा.डा. सुदर्शनराज तिवारी, महासचिवमा प्रा.डा. ऋदिशकुमार पोख्रेल, सचिव श्री अर्जुनकान्त मैनाली र कोषाध्यक्षमा प्रा.डा. कुश्मिला आचार्य चयन हुनुभएको छ । त्रिवि एलुम्नाई एशोसिएशन निर्देशिका २०७४ बमोजिम २७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । नियम बमोजिम कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ ।

साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं संस्थाका संरक्षक त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले आफुले अध्ययन गरेको विश्वविद्यालयसंग एलुम्नाईहरुले संस्थागत रुपमा जोडिन पाउनु गर्वको कुरा हुने बताउनु भयो । विश्वविद्यालयहरुलाई एलुम्नाईहरुको उपस्थिति र अनुपस्थितिले अन्तर्राष्ट्रिय जगतमा ठुलो भुमिका खेल्ने बताउनु हुँदै विश्वविद्यालयको सबै पक्षमा सहजीकरणको लागि एलुम्नाईहरुले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आफु १८ औं उपकुलपति भएको बताउनुहुँदै त्रिविको इतिहासमा सबैको नेतृत्व र कार्यकालको सिनर्जीको उपजको रुपमा यो एलुम्नाई एशोसिएशन स्थापना भएको बताउनु भयो । उहाँले सबै त्रिविका एलुम्नाईहरुले आफ्नो अन्तर्राष्ट्रिय पहिचानहरुलाई त्रिविसंग कनेक्सन गराउन सहयोग गर्नुपर्ने र यसको लागि एलुम्नाई एशोसिएशनले सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरी विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको एक हजारभित्र त्रिवि परिसकेको र यसको विश्व पहिचान र उत्कृष्टताका लागि त्रिवि एलुम्नाईहरुकै महत्वपूर्ण योगदान रहेको समेत बताउनु भयो । आफु हाल उपकुलपति भएता पनि स्कटल्याण्डमा आफुले पढेको विश्वविद्यालयमा निमन्त्रणा गर्दा त्यहाँको समकक्षीले आफुलाई एलुम्नाईको हैषियतमा स्वागत गर्ने बताउँदै इमेल गरेको स्मरण गर्दै जुनसुकै विश्वविद्यालयहरुले पनि एलुम्नाईको महत्व बुझेर यसलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गर्नुृभयो ।


यस्तै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतिले एशोसिएशनको स्थापना अहिले बामे सर्ने अवस्थामा रहेको भएपनि भविष्यमा यसले त्रिविलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा स्थापना गर्न मद्दत गर्न सक्ने अपेक्षा गर्नुभयो । यस संस्थालाई व्यवस्थित रुपमा दीर्घकालीन योजनाका साथ अगाढि बढ्न सके यसले त्रिविको हितमा काम गर्ने संभावना बोकेको धारणा व्यक्त गर्नुभयो । त्रिविको उच्च शिक्षा शिक्षण र अनुसन्धानमा केन्द्रीत रहेको बताउनुहुँदै उहाँले अहिलेसम्मको प्रयास शिक्षणमा जोड दिने रहेता पनि अबका दिनमा अनुसन्धानलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले अनुसन्धानमुलक व्यवहारिक ज्ञान निर्माण गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो । त्रिविले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान कोष निर्माण गरेको बताउनुहँुदै उहाँले त्रिविका एलुम्नाईहरुले यो संस्थामार्फत त्यो कोषलाई बढाउन आर्थिक सहयोग गर्न सक्ने सुझाव दिनुभयो । साथै त्रिवि एलुम्नाईको भवन निर्माणको लागि एलुम्नाईहरुकै तर्फबाट सहयोग प्राप्त गर्न सकिने र त्यो संगसंगै त्रिवि परिसरमा एउटा अन्तर्राष्ट्रिय सेमिनार हलसहितको भवन समेत निर्माण गर्न एलुम्नाईहरुमाझ आव्हान गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले विश्व समुदायमा भ्रमण गर्दा आफु त्रिविको विद्यार्थी भएको भनी परिचय दिन पाउँदा गर्व महशुष गर्ने गरेको धारणा व्यक्त गर्नुृभयो । त्रिविसामु चुनौतीहरु धेरै रहेता पनि त्रिविको विकासको लागि एलुम्नाईहरुसंग हातेमालो गर्ने हो भने अर्काको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने धारणा व्यक्त गर्नुभयो । उहाँले नीजि क्षेत्रको तर्फबाट त्रिविले गरेका प्रयासहरुमा होस्टेमा हैंसे गर्न आफुहरु तयार रहेको बताउनुहुँदै आफ्नु व्यक्तिगत तर्फबाट यस एलुम्नाई एशोसिएशनलाई एक लाख एक हजारको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुृभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु