दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २९ गते, मंगलवार ६:२९

काठमाडौं — आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले घोषणाको जानकारी गराएका छन्।

घोषणाअनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई रु. ५०,००० र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई रु. ३५,००० नगद पुरस्कार प्रदान गरिनेछ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरेको श्रेष्ठले बताएका छन्। उनले महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताएका छन्।

उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,” श्रेष्ठले बताए।

यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनले गरेका छन्। आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर माघ ४ गते देखि १८ गतेसम्म हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु