दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशन : नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष २९ गते, मंगलवार १७:३४

नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइएको छ । नव गठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन कार्यक्रम अघि बढेको हो ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएको हो । सार्वजनिक तालिकाअनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान सञ्चालन गरिनेछ ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज मध्यान्ह साढे १२ बजेसम्म पहिलो मतदाता नामावली सार्वजनिक गरिनेछ । सो नामावलीमाथि दाबी–विरोध तथा छलफलका लागि साढे १ बजेसम्म समय तोकिएको छ। त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

मतदाता नामावली टुंगिएपछि उम्मेदवार दर्ता प्रक्रिया अघि बढ्नेछ । निर्वाचन समितिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिनेछ भने साँझ ८ बजेर ४५ मिनेटमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशनपछि राति ९ बजेदेखि मतदान सुरु भई राति १ बजेसम्म चल्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रीय निर्वाचन समितिका लागि मात्र हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु