दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेलिचलचित्र “आफ्नो भाग्य ”को छायांकन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ पुष ३० गते, बुधबार २०:३२

काठमाडौं । रामेछापको नामाडीमा टेलिचलचित्र “आफ्नो भाग्य ”को छायांकन सम्पन्न भएको छ । करिब १५ दिनको छायांकन पछि सकिएको निर्देशक दिनेश कार्किले बताए।

समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ सेन्टिमेम्टल टेलि सिरियल “आफ्नो भाग्य ” प्रसारण भइरहेको छ। यो सिरियल हरेक आइतबार साँझ ७ बजे राम खड्का युट्युब च्यानलमा प्रसारण हुदैछ ।

“आफ्नो भाग्य” लाई निर्माता राम खड्काले निर्माण गरेका हुन् भने कथा पट्कथा संवाद दिनेश कार्किले लेखेका हुन छायाङ्कन र सम्पादन सनम तामाङ ले गरेका हुन । सिरियलका कलाकारहरूमा मिलन खड्का ,दिवाकर घिमिरे आदित्य शाही ठकुरी, अर्जुन कट्वाल,अन्जली थापा,सबिता थपलिया,राम खड्का,मोहन अधिकारी,रोहित कार्की,यादब कार्की,सन्तोस पोख्रेल,सम्झना श्रेष्ठ ,लगायत रहेका छन् । यी कलाकारहरूका अभिनयले सिरियललाई परिवारिक रुपले बनाएको निर्माण टिमले जनाएको छ । सिरियलमा आकृती खड्काले शृङ्गारको जिम्मेवारी सम्हालेकि छिन् भने दिनेश कार्किले निर्देशन गरेका छन् । शृङ्खला निर्देशकको रूपमा भने मिलन खड्काको रहेका छन् ।

यस सिरियलले सामाजिक र व्यक्तिगत अनुभवहरूलाई केहि म्यासेज दिने ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको शृङ्खला निर्देशक मिलन खड्काले जानकारी दिए । सिरियलले समाजका विभिन्न पक्ष र परिस्थितिहरूलाई एक समाजको स्वरुप बदल्न खोज्ने पात्रका रूपमा चित्रण गरेको छ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने उद्देश्य निर्माण टिमले राखेको छ । (आइतबार ) ७ बजे राम खड्का युट्युब च्यानलमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु