दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चेल्सी र रिब्स उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २ गते, शुक्रबार १८:५७

काठमाडौं, माघ २ गते ।
चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित ग¥यो । चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा गोल्डेनपिक र बाल दीक्षा सदनले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले मार्वलसलाई ६८–५८ ले पाखा लगायो । गोल्डेनपिकका विजयी तामाङले १८ अंक जोडे । बाल दीक्षाले काठमाडौं जेभियर्स पब्लिकलाई ५३–२७ ले सहजै पाखा लगायो । बाल दीक्षाका सयल महर्जनले २८ अंक बटुले ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) फाइनलमा पुगे । ग्रिनफिल्डले ग्रिन लन्समाथि २२–१२ को जित दर्ता ग¥यो । ग्रिनफिल्डका अजय मगरले १२ अंक बटुले । गोल्डेनपिक विरुद्धको प्रतिस्पर्धामा इबीए २७–२२ ले विजयी भयो । इबीएका दिगविजय पुरीले ११ अंक जोडे । फाइनल शनिबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु