दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२८६२ ता ल्हो सोनाम ल्होछार मनाउन तामाङ घेदुङ साइप्रस तिव्र तयारीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ ६ गते, मंगलवार ८:०१

मनिसा अर्याल , साइप्रस

तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले विगतका वर्षहरुमा झै यो बर्ष पनि मञ्जुश्री सम्वत् २८६२ ता ल्हो (घोडा वर्ग) तामाङ समुदायको मौलिक पर्व सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम यही आउँदो आगामी २०२६ फेब्रुअरी ८ तारिखका दिन मनाउने भएको छ। तामाङ्ग समुदायको मौलिक सांस्कृतिक राष्ट्रिय पर्व मन्जुश्री २८६१ सोनाम ल्होसार “डुल/सा पुख्री”ल्हो लाई बिदाई गर्दै मन्जुश्री सम्वत् २८६२ ल्होसार “ता ल्हो” घोडा वर्गलाई स्वागत गर्दै बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।नेपालीबाट आमन्त्रित अतिथि कलाकार लोकप्रिय चर्चित सेलो गायक बरिस्ठ संगीतकार,गीतकार गायक बिश्व दोङ लगायत संस्थागत मौलिक तामाङ सांस्कृतिक गायन, नृत्य तथा वाद्यवादन प्रस्तुत गरिने अध्यक्ष प्रदीप घलान तमाङ्ग ले जानकारी दिएको छ। साथै विभिन्न जातीय संस्थाहरूका मौलिक नृत्य झाँकीहरू र साइप्रसमा बसोबास गर्दै आउनुभएका प्रतिभाशाली दर्जनौं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने जानकारी प्राप्त भएको छ।

ल्होछार कार्यक्रम फेब्रुअरी ८ Neo fiesta hall लिमासोलमा बिहान १० बजे देखि बेलुका ४ बजे सम्म रहने छ। सो कार्यक्रमको प्रवेश शुल्क २० युरो र आवतजावतको लागि प्रत्येक सहरहरु बाट बसको सुबिधा समेत रहेको छ ।साइप्रसमा रहनु भएका सम्पूर्ण ल्होछार प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रमलाई सभ्यभब्य र सोभाननीय ढंगले सफल पार्नको लागि आयोजक टिमले अनुरोध समेत गर्नुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु