दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस वल्र्ड २०२६ मा सहभागिता हुन भट्ट अमेरिका प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ ८ गते, बिहीबार १५:२६

मिसेस नेपाल इन्टरनेशनल २०२५ सञ्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गरेकी छन्।
सञ्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ भएकी थिइन्।
मिसेस वल्र्ड २०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिकसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदैछ। नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा विदाई सम्मानका साथ बिदाइ गरेको छ। विदाई समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
उक्त अवसरमा अध्यक्ष निशुकान्त झाले सञ्जु भट्टको अनुशासन, समर्पण तथा आत्मविश्वासले मिसेस वल्र्ड २०२६ को अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले भट्टको तयारी, प्रस्तुति तथा व्यावसायिक क्षमताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।
सञ्जु भट्टले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको उल्लेख गर्दै आयोजक संस्था, प्रशिक्षक टोली तथा सम्पूर्ण नेपालीबाट प्राप्त सहयोग, विश्वास र समर्थनप्रति आभार व्यक्त गरिन्।
प्रतियोगितामा सञ्जु भट्टले प्रस्तुत गर्ने नेसनल कस्ट्युम र गाउन इन्स्टिच्युट अफ इन्टरनेशनल फेसन टेक्नोलोजीका डिजाइनरहरू प्रतिक गुरुङ र दिक्षा ढकालद्वारा डिजाइन गरिएको छ। ककटेल ड्रेस भने सेन्ट्रल फेसन स्कूलकी डिजाइनर सायरा भुजेलद्वारा डिजाइन गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु