तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रतिनिधिसभा सदस्य निर्वाचन : उजुरीको छानबिनपछि दुई जनाको उम्मेदवारी रद्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ ९ गते, शुक्रबार ७:२३

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीको छानबिनपछि दुई जनाको उम्मेदवारी रद्द गरिएको छ।

निर्वाचन आयोगले जनाएअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० की उम्मेदवार सुमित्रा बस्नेत तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का रेशम चौधरी उम्मेदवारीबाट बाहिरिएका छन्।

कर्जा सूचना केन्द्रको कालो सूचीमा सुमित्रा बस्नेतको नाम रहेको भन्ने जानकारी प्राप्त भएपछि त्यसको सत्यता जाँच गरिएको र पुष्टि भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु