दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्गकाे नमूना ककनीको कथा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २४ गते, शनिबार २०:१५

नेपालको राजधानी काठमाडौंबाट ३० किलोमिटरको पासाङल्हामु राजमार्गमा पर्ने “ककनी” आफैमा सुन्दर स्थान हाे । वरिपरिका वनजङ्गल एवं खोलानालाकाे मिश्रणले यो स्थानलाई अझ सुन्दर बनाएको छ।

करिब ८० प्रतिशत सिंचित हुन सक्ने उर्बर जमिन रहेको याे स्थानकाे माथिल्लो लेकाली क्षेत्रमा नगदेवाली, स्ट्रोबेरी, किवी, ट्राउट माछा र बेशीमा मकै,धान र तोरीहरू,तरकारीहरू लटरम्म फल्ने गर्दछन्।

जङ्गली जनावरहरूको डर यहाँ कमै छ। याे स्थान प्राकृतिक रूपले स्वर्ग भन्दा कम केही छैन।

तर, केवल प्राकृतिक स्रोतले मात्र जीवनलाई सहज र समृद्ध बनाउन सक्दैन। मानिसको जीवनका अपरिहार्य आवश्यकता भनेका सेवा र सुविधाहरू हो।

यस्ता सेवाहरू र सुविधाहरूको अभावमा, आज यो स्थान रितिदो अवस्थामा पुगिसकेको छ।

हिजोआज युवा जमात कोही गाउँमा छैनन्।। सक्नेले २५ किमि टाढाको यो सहरमा आफ्नो परिवार सारिसकेका छन । +2 पछि भबिष्यका उत्कृष्ट जनशक्ति देखि सबै जसो जनशक्ति देश र यो स्थान छोड्ने मनस्थितिमा छ ।

गाउँहरु खाली जस्तै भएका छन । र मलाइ लाग्छ यस्तो अवस्था रहिरहने हो भने, शहरको वरिपरिका सबै गाउँहरू सुनसान हुने खतरा बढेको छ।

के कारणले यस्तो अवस्था आएको होला ? म सोच्दै थिएँ र सम्झन थालें। विश्वका सम्पन्न मुलुकहरु अमेरिका,जापान, अस्ट्रेलिया, क्यानडा, लगायत एसियाका महत्वपूर्ण मुलुकहरूमा आफूलाई स्थापित गराउन सफल भएका छन ।

उपत्यकासम्मको २५/३०किलोमिटरको दूरी दैनिक कामको लागि जाने-आउनेहरूको संख्या उल्लेखनीय छ। उपत्यका सम्मको २५/३० किलोमिटरको यात्रा सहज बनाउन यहाँका जनताहरुले अनेकौं सङ्घर्षहरू गरिरहनुपरेको छ।

२०६२ सालमा उपत्यकालाई सफा राख्नको लागि फोहोर विसर्जन गर्ने नाउँमा नुवाकोटलाई विकास र समृद्धिको नारा दिएर ककनी को सुन्दर एवं रमणीय भुगोललाई दुशीत बनाउने कार्यको विजारोपण भएको थियो। तथापि आजसम्म पनि यहाँका स्थानीय जनतालाई सुविधा अझै भरपर्दो भएको छैन।

यो भूगोलमा पहिलो पटक कालो पत्रे सडक सुरु भयो, तर अझै बार्है महिना चल्ने सडक सञ्जालसँग पुरा सञ्जाल जोडिन सकेको छैन।

यहाँका कृषकहरूलाई मल, बिउ र बिषादीको व्यवस्थापन दिगो हुन सकेको छैन, उत्पादनको भरपर्दो बजारिकरण छैन, र स्वास्थ्य सेवामा पनि पर्याप्त सुविधा छैन।
राज्यका महत्त्वपूर्ण निकायहरूमा यहाँका थुप्रै नेताहरूको उपस्थित रहँदा पनि, ठोस उपलब्धि गर्न सकेका थिएनन्।

त्यसैले यति नजिकैको हाम्रो यस देशकै सुविधा सम्पन्न केन्द्रीय राजधानीले यस क्षेत्रको समुचित प्रयोग र विकासमा ध्यान दिन सकेन।

र अन्त्यमा, हिजो राजतन्त्रको केन्दृकृत बिकासले पेलिएको हाम्रो भुगोल आजको बिकेन्दृकृत तर भद्रगोल विकासले पार लगाउन सकेन। आउँदै गरेको आसन्न निर्वाचनमा सम्पूर्ण नुवाकोटबासी नागरिकहरूले नुवाकोटको वृहत्तर हित र समृद्धिमा काम गर्नसक्ने नेतृत्वलाई चुन्नुपर्ने आवश्यकता रहेको छ।
धन्यवाद ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु