तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेफ्स एशोसियसन अफ नेपालको नवनिर्वाचित पदाधिकारीहरूकाे शपथ ग्रहण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २६ गते, सोमबार २०:५७

काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालको ३१औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले आज शपथ ग्रहण गरेका छन् ।

एशोसिएसनको केन्द्रीय कार्यालय रानीबारीमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक छविलाल घिमिरेले सपथ ग्रहण गराएका हुन ।

समारोहमा निवर्तमान अध्यक्ष रेशम कुमार लामा तामाङले नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूलाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै सेफ्स एशोसियसन अफ नेपालले आगामी दिनमा गर्ने गतिविधिहरूमा आफ्नो निरन्तर सहभागिता रहने बताएका छन् ।

कार्यक्रममा पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी,श्रीकृष्ण लामा, रत्न बहादुर थापा,श्याम कुमार तामाङ बरिस्ठ सेफ रामकृष्ण पन्त लगाएतले सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरि जिम्मेवारी सुम्पिन सफल हुनुभएकोमा निवर्तमान अध्यक्ष रेशम कुमार लामा तामाङको प्रशंसा गरेका थिए । साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष पदमबहादुर आलेमगरले एशोसिएसनलाई नयाँ उचाइमा पुयाउन आफू लागिपर्ने बताएका छन् ।साथै सबै सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु