दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्राण्डीले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, १५ हजार ९९९ मै जोडीको उपचार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ २९ गते, बिहीबार ११:४१

काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डीले फेब्रुवरी १४ (भ्यालेन्टाइन डे)को अवसर पारेर एक जनाको खर्चमा जोडीको उपचार गर्नेगरी अफर सार्वजनिक गरेको हो । ग्राण्डीले रु १५ हजार ९९९ मा क्यूपिड प्याकेजअन्तर्गत एक जोडीको उपचार गर्नेछ ।

उक्त प्याकेजअन्तर्गत ग्राण्डीले रु १५ हजार ९९९ मा एक जोडीलाई ब्लड सुगर जाँच, सिबिसी, लिपिड प्रोफाइल, थाइराइड जाँच, सोडियम, पोटासियम क्रेटिनाइन, एसजीपीटी, एसजीओटी, युरिक एसिड, पिसाब, छातिको जाँच, इसिजी, ईको, टिएमटि, विएमडी, भिटामीन डि, मेमोग्राफी, डक्टर कन्सल्टेन्टलगायतका सेवा उपलब्ध गराउनेछ ।

फेब्रुवरी १२ देखि २८ तारिखसम्म सञ्चालन हुने उक्त अफरमा भाग लिएर स्वास्थ्यजाँच गर्न ग्राण्डीले सबैलाई आह्वान समेत गरेको छ । उक्त अफरमा सहभागी हुने जोडीलाई ब्रेकफास्ट, रजिष्ट्रेशन कार्ड फ्रि गरिने अस्पतालकी उपमहाप्रबन्धक एवम् मार्केटिङ शाखा प्रमुख अर्चना प्रधानले जानकारी दिनुभयो । ग्राण्डीले भ्यालेन्टाईन डे अफरमा भाग लिन चाहने जोडीलाई बुकिङ खुला समेत गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु