दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन १ गते, शुक्रबार ६:५१

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ।

प्रेम र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।

उत्तम हुमागाईंले छायांकन गरेको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन्।

पप-लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ। सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु