तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २ गते, शनिबार १६:५२

काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ । आज एक औपचारिक कार्यक्रमका विच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो ।
कलेजले क्यान्सरका बिरामीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हेतूले भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँग सहकार्य गरेको जनाएको छ । कलेजमा क्यान्सर रोगको उपचारका लागि हाल क्यान्सर रोग विशेषज्ञ डाक्टर रिता महासेट नेतृत्वको अंकोलोजी युनिट रहेको छ । अहिले कलेजमा रेडियोथेरापी सेवा वाहेक क्यान्सर उपचारका सबै सेवाहरु उपलब्ध रहेको अंकोलोजी युनिटकी प्रमुख डा. महासेठले बताउनु भयो ।
समझदारी पत्रमा कलेजका प्रबन्ध निर्देशक डा.सबिहा यासमिन तथा क्यान्सर सेन्टरको तर्फबाट अध्यक्ष डा.सिमित सापकोटाले गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै कलेजकी प्रबन्ध निर्देशक डा.यासमिनले दुई संस्थाविचको समझदारीले क्यान्सरका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । क्यान्सर सेन्टरका अध्यक्ष डा.सापकोटाले नेपाल मेडिकल कलेजबाट सिफारिस भई आएका बिरामीहरुलाई सहजरुपमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
समझदारी अनुसार नेपाल मेडिकल कलेजले रेडियोथेरापीका लागि बिरामीहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा पठाउनेछ । पठाइएका बिरामीहरुलाई क्यान्सर सेन्टरले रेडियोथेरापीमा ५ प्रतिशत छुट दिनुको साथै आउट सोर्स सेवा वाहेक अन्य सेवाहरुमा १० प्रतिशत छुट समेत पाउनेछन् ।
क्यान्सर सेन्टरले गोकर्णेश्वर नगरपालिकाभित्र वा आसपास बसोबास गर्ने बिरामीहरूलाई आवश्यक सेवाकालागि नेपाल मेडिकल कलेजमा सिफारिस गर्ने, मेडिकल कलेजका डाक्टर, नर्स तथा प्यारामेडिक्सलाई आफ्ना सेवाबारे अभिमुखीकरण प्रदान गर्ने लगायत समझदारी कायम गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु