तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ बजारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २ गते, शनिबार १९:५९

फाल्गुन २ ,काठमाडौं । कुमारी युवा क्लव नयाँ बजार, काठमाडौंको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका तत्कालीन अध्यक्ष स्व. नासिर खानको १८ औ पुण्य तिथीमा आयोजना गरिएको ।सो शिविरमा करिव ५१ जनाले रक्तदान गरेका थिए भने ८१ जनाको निशुल्क स्वास्थ्य परीक्षण गएिको थियो ।

सो स्वास्थ्य शिविरमा किडनी, पथरी ,मधुमेह, पिसाव तथा प्रोस्टेटको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो स्वास्थ्य परीक्षण बरिष्ठ युरोलोजिस्ट डा. दिपक रौनियारको नेतृत्वमा सम्पन्न भएको थियो ।

सो स्वास्थ्य शिविरलाई हिमालयन कम्युनिटी प्रोजेक्टले सहयोग गरेको थियो ।

कार्यक्रममा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नियमित स्वास्थ्य परिक्षण र रक्तदान जस्तो मानवीय अभियानलाई पनि निरन्तरता दिन आयोजक संस्थालाई आग्रह गर्नुभयो ।साथझ टोलमा हुने यस्ता सामाजिक सेवाका गतिविधिले सबैलाई लाभ हुने पनि बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु