दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २ गते, शनिबार २०:३०

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालित उक्त सभाको समुद्घाटन पनि अध्यक्ष स्वयंले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सम्पूर्ण सञ्चालक तथा शेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।
उक्त विशेष साधारण सभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्न विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।
सभाको अन्त्यमा, विशेष साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी संस्थाका अध्यक्ष र शेयरधनी रामपुजन रायलाई दिइएको छ । सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शेयरधनी र सञ्चालकहरूलाई धन्यवाद दिँदै अध्यक्ष प्रवीण कुमार लामाले कार्यक्रम समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु