
काठमाडौ । नेपाल सेफ्स एशोसियशन फाउण्डेनले आधारभूत खाना पकाउने तालिम (वेसिक कुक तालिम) प्रदान गर्ने भएको छ ।
होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले फागुन ५ देखि सेफ्स एशोसियशन अफ नेपालको केन्द्रीय कार्यालय रानीवारीमा वेसिक कुक तालिम प्रदान गर्न लागेको हो ।
नेपाल सेफ्स एशोसियशन फाउण्डेनका अध्यक्ष रेशम कुमार लामा तामाङले ६ महिने तालिमका क्रममा वेसिक खाना पकाउने तालिम, ईण्डियन, चाईनिज, कन्टिनेन्टल,बेकरी लगायत बनाउन सिकाईने जानकारी दिनुभयो ।
उक्त तालिम प्रदान गर्नका लागि नेपालका वरिष्ठ सेफ्सहरुले सिकाउनेछन् । उक्त तालिममा एक महिना थेउरी, तीन महिना प्राक्टिकल र दुई महिना ईन्टनशीपका लागि ५ तारे होटलमा पठाईने छ ।


