तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कांग्रेसद्वारा केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा बिमल भट्ट मनोनयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते, सोमबार १३:०६

ललितपुर, २०८२ फागुन ४ – नेपाली कांग्रेस ले गोरखा भीमसेन थापा गाउँपालिका–४ निवासी बिमल भट्टलाई केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर बाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

लामो समयदेखि पार्टी संगठन तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टलाई पार्टीको प्रचार–प्रसार कार्यलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढंगले अगाडि बढाउने जिम्मेवारीसहित समितिको सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन तथा संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा पार्टीले व्यक्त गरेको छ।

पार्टीले भट्टको अनुभव, सक्रियता र सञ्चार क्षेत्रसँगको समन्वयले चुनावी प्रचार–प्रसार अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ। नियुक्ति पत्रमा पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे को हस्ताक्षर रहेको छ।

यस मनोनयनलाई पार्टीको संगठन विस्तार र आगामी निर्वाचन रणनीतिलाई मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु