
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ ।
उहाँले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट बिहान करिब साढे ७ बजे मतदान गर्नुभएको हो । मतदानपछि छोटो प्रतिक्रिया दिँदै उहाँले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
रास्वपाले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै झापा–५बाट उम्मेदवार बनाएको छ । मतदान सकेपछि उहाँ आजै आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्ने सचिवालयले जनाएको छ।


