दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : इतिहास बुझ्नुपर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते, शनिबार २०:४२

गोबिन्द राज ओझा राजन

इतिहास बुझ्नुपर्छ, साहसले सम्झनु छ,
देश व्यक्ति भन्दा ठूलो छ — यही मान्नु छ।

सुशासनको बाटोमा कानुन सुधार हुनुपर्छ,
भ्रष्टाचार रोकी इमानदार शासन बन्नु छ।
नागरिकको आवाज बनी उभिनु नेतृत्वले,
जनताले फेरि शिर ठाडो गरी हिँड्नु छ।

जनताको माग सुन्ने सहज पहुँच हुनुपर्छ,
नियमित भेटघाटले भरोसा जगाउनु छ।
रोजगारी सिर्जना र सामाजिक सुरक्षा साथ,
शान्ति, स्थायित्वले देशलाई अघि बढाउनु छ।

कृषि, पर्यटन, प्रविधिले समृद्धि ल्याओस्,
पारदर्शी नीति–बजेटले विकास सजाउनु छ।
कानुनी राज, जनमैत्री शासनको सपना लिएर,
जवाफदेही राज्यले विश्वास जित्नु छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु